काठमाडौं । सरकारले मुस्लिम समुदायको मुख्य चाड बकर इदको अवसरमा देशभर सार्वजनिक विदा दिएको छ । यो पर्व इस्लामहरुको रमजान पछिको दोस्रो ठूलो चाड भएको हुदाँ राष्ट्रिय पर्वमानि आज नेपाल सरकारले देशभर सार्वजनिक विदा दिएको हो ।
मुस्लिम समुदायले रमजान पर्वको ७० औं दिनमा मनाउने यो पर्वमा आर्थिक रुपमा सबल मानिसहरु हजगर्न साउदी अरबको मक्का मदिना जाने गरेका छन् । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानहरुले धर्मले जायज मानेका जनावरलाई बलि दिने गरेका छन् ।
यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र भेषभुषको विविधता रहेको मुलुकमा इद, उल, अज्हा बकर इद पर्वले धार्मिक सहिष्णुता, सामाजिक सदभावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास दिलाउनु हुदै शुभकामना दिनुभएको छ ।
यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरव भएको बताउनुभएको छ । इस्लाम धर्मावलम्बीको महान पर्व इद २०८० को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका मुस्लिम समुदायलगायत समस्त नेपालीहरुमा शुभकामना व्यक्त गर्दै उहाँले बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो मुलुक संविधान धर्म निरपेक्ष राज्य भएको उल्लेख गर्नुभयो ।