गौरीशंकर, दोलखा । गौरीशंकर गाउँपालिकामा गएराती परेको अविरल वर्षाका कारण दुई घर पूर्णरुपमा क्षति भएको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर ८ खारेस्थित मन्थलीमा अविरल वर्षसंगै पहिरो जाँदा दुई घर पूर्णरुपमा क्षति हुनुको साथै १५ घर परिवार विस्थापित भएका छन् ।
सो पहिरोमा कुनै मानवीय क्षति भने नभएको स्थानीय अगुवा महेश श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार पहिरोले ६ वटा बाख्रा पुरिएको र त्यस आसपास क्षेत्रका १५ घरपरिवार पहिरोको उच्च जोखिममा रहेको बताएका छन् ।
त्यसैगरी, पहिरोले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवेशमार्ग पुर्णरुपमा अवरुद्ध भएको छ । खारेको मन्थली क्षेत्र तामाकोशी नदीको किनारमा रहेको हुदाँ भौगोलिक दृष्टिकोणले वर्षायाममा पहिरोको उच्च जोखिम मानिन्छ ।