दोलखा । नेपाल विद्युत प्राधिकरणको प्राथमिकतामा रहेको तामाकोसी–५ जलविद्युत आयोजना निर्माणका लागि पुनःठेक्का आह्वान गरिएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक ९९ दशमलव ५ मेगावाटको तामाकोसी–५ जलविद्युत कम्पनीले निर्माण अघि बढाउनका लागि पुनःठेक्का आह्वान गरेको हो ।
तामाकोसी–५ जलविद्युत आयोजनाको सिभिल संरचना र हाइड्रो मेकानिल उपकरणको ठेक्का निकालेको कम्पनीले जनाएको छ । आयोजनाले आगामी दुई महिनासम्म आवेदन दिन सकिने गरी अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको हो । इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन ९इपिसी० मोडलमा निकालिएको ठेक्का मोडलमा ठेकेदार कम्पनीले डिजाइन, निर्माण खरिद लगायतका सबै काम गर्नुपर्नेछ ।
आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको छ । दुई प्याकेजमा निर्माण गर्न लागिएको आयोजनामा पहिलो प्याकेजमा आयोजनाको सिभिल संरचना र हाइड्रो मेकानिकल उपकरणको काम हुनेछ । दोस्रो प्याकेजमा इलेक्ट्रो मेकानिकल र प्रसारण लाइनको निर्माण हुने कम्पनीले जनाएको छ ।
आयोजना निर्माणका लागि कम्पनीले यसअघि २०७९ साउन ९ (जुलाई २५, २०२२) गते ठेक्का निकालेको थियो । त्यसबेला आयोजना निर्माणका लागि चार कम्पनीले इच्छा जाहेर गरेका थिए । त्यस मध्ये दुई कम्पनी प्राविधिक प्रस्तावमा छनौट भएको ठेक्कामा सिनो हाइड्रो कर्पोरेसन लिमिटेड र चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड पास भएर सर्टलिष्टमा परेका थिए । त्यससँगै, दुई कम्पनीको वित्तीय प्रस्ताव प्रवर्द्धक कम्पनीले गरेको अनुमानभन्दा बढी भएकोले ठेक्का रद्ध भएको थियो ।
त्यसैगरी, तामाकोसी–५ जलविद्युत आयोजना दोलखाको विगु गाउँपालिका वडा नम्बर ३, स्थित सुरीदोभानमा भुमिगत विद्युतगृह निर्माण गरिनेछ । ४५६ मेघावटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट निस्किएको पानी सोझै सुरुङ्गबाट विद्युतगृहसम्म लैजाने कम्पनीले जनाएको छ ।