आज असार १५ अर्थत राष्ट्रिय धान दिवस

  गाैरीशंकर टाइम्स संवाददाता  300 पटक हेरिएको

काठमाडौं । आज असार १५ दही चिउरा खाई  नेपाली कृषकहरुले यस उत्सवलाई राष्ट्रिय धान दिवसको रुपमा मनाईन्छ । नेपाली समाजमा प्रत्येक बर्षको असार १५ मा धान रोप्ने मध्यसमयको अवसर पारेर दहीचिउरा खाने प्रचलन रहेकोछ ।

किसानहरुले बर्षदिनका लागि धानको जोहो गर्न असार महिनामा रोपाईँ गरी महिनाको मध्ये तिथीका रुपमा दहीचिउरा खाने प्रचलन गरिएको हो । नेपाली समाजमा असारको १५ गते दहि चिउरा खानु, साउनको १५ खिर भन्ने भनाई रहेकोछ । नयाँ काम गर्दा घाम, पानी, प्रकृति लगायतका शक्तिलाई कुनै न कुनै स्वरुपमा स्वीकार गरेकाले यो चलन पछि संस्कृतिका रुपमा विकास हुँदै आएको संस्कृतिबिद्हरुको भनाई छ ।

वर्षको असार १५ गते राष्ट्रिय धान दिवसका अवसरमा रोपाई कार्यक्रमको आयोजना गर्ने गरिन्छ । हरेक बर्ष दिवस मनाईने गरे पनि धानको उत्पादन भने सोचेजस्तो बढाउन नसकेको बिज्ञहरुको भनाई छ । नेपालमा प्रर्याप्त सिँचाई सुबिधा उपलब्ध नभएकाले आकाशे पानीको भर पर्नुपर्ने स्थिती रहेको छ । असारभरि नै नेपाली किसानहरुको लागि अति नै महत्वपूर्ण महिना हो ।

त्यसैगरी, वि.सं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । असार पन्ध्रमा नेपाली कृषक समुदायले दहि चिउरा पनि खाने चलन रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार