बागमती प्रदेशमा अधुरो कार्यक्रम, ५६ स्थानीय तह बजेट विहीन

  गाैरीशंकर टाइम्स संवाददाता  158 पटक हेरिएको

काठमाडौं । बागमती प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट एक सय १९ पालिकामध्ये ६३ वटा पालिकाले मात्रै सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षका लागि प्रदेशभरका अझै ५६ पालिकाले बजेट ल्याउन सकेका छैनन् ।

स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि १७ गते शनिवारसम्म बागमती प्रदेशका ६३ स्थानीय तहले मात्रै बजेट सार्बजनिक गरेका छन् । देशभरको अवस्थालाई हेर्ने हो भने सात सय ५३ स्थानीय तहमध्ये हालसम्म चार सय ४६ ले मात्रै आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ ।

तीन सय सात वटा पालिकाले अहिलेसम्म पनि बजेट ल्याउन नसकेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता तथा सहसचिव कमलप्रशाद भट्टराइले जानकारी दिनुभयो । भट्टराईका अनुसार स्थानीय तहले समयमै बजेट सार्वजनिक नगर्दा आगामी आर्थिक वर्षमा त्यसको असर विकास निर्माणमा पर्ने बताउनुभयो । समयमै बजेट सार्वजनिक गर्न ताकेता गर्दागर्दै पनि आन्तरिक समस्यका कारण नआएको समेत जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार