काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल ७.५ रुपैयाँ, डिजेल ६ रुपैयाँ र मट्टीतेल ५ रुपैयाँले घटाएको हो ।
अब काठमाडौंमा पेट्रोल १७०, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्ने छ । यो मुल्य पोखरा र दिपालयमा पनि लागू हुनेछ ।
विराटनगर, जनकपुर, वीरगञ्जसहित तराईका जिल्लाहरुमा पेट्रोलको मूल्य प्रतिलिटर १६७.५० रुपैया, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४७.५० रुपैया पर्ने छ । सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६९, डिजेल र मट्टीतेल प्रतिलिटर १४९ रुपैयाँ पर्ने छ ।
आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटाएको छ ।