राजनीतिज्ञको भिडन्तमा पुर्वमुख्यमन्त्री राजेन्द्र कुमार राईको टिम विजयी


काठमाडौं । जननेता मदन भण्डारीको ७२औ जन्म जयन्तीको अवसरमा नेपाल खेलकुद महासंघले आयोजना गरेको मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता २०८० अन्तर्गत फाइनल खेल अहिले हुँदै छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार उद्घाटन गर्नुभएको खेलमा संविधान सभा सदस्य, वर्तमान तथा पूर्व राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यले भाग लिनुभएको थियो ।

रिभाइभ लिजर पार्क महालक्ष्मीस्थान ललितपुरमा चलिरहेको प्रतियोगिताको फाइनल खेलमा राजेन्द्र राईरलीलाबहादुर थापा र यज्ञराज सुनुवाररदिलमान पाख्रिनको टिम बिच भएको थियो। सो खेलमा राजेन्द्र कुमार राई र लिल बहादुर थापाको जोडीले जीत हासिल गरेको छ ।

प्रतियोगितामा कमला थापारगणेश थापाको टिम र भानुभक्त ढकालरनवराज सिलवालको टिम तृतीय भएका छन् । सेमिफाइनल टिममा पराजित दुवै टिमले तृतीय स्थान प्राप्त गरेका छन भने राजेन्द्रकुमार राई र लिल बहादुर थापा प्रथम तथा यज्ञराज सुनवार र दिलमान पाख्रिन दोस्रो हुनु भएको महासंघका सचिब तथा प्रबक्ता तिर्थ बहादुर खड्काले जानकारी दिनुभयो ।

खड्काका अनुसार कमल थापा र गणेश थापाको टिम राजेन्द्रकुमार राई र लीलाबहादुर थापाको टिमसँग सेमिफाइनलमा पराजित भएको थियो । त्यस्तै भानुभक्त ढकाल र नवराज सिलवालको टिम यज्ञराज सुनुवार र दिलमान पाख्रिनको टिमसँग पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार