काठमाडौं । पूर्व अरनिको यातायातद्धारा यात्रुलाई सेवा प्रदान गर्ने उद्धेश्यले बुधबारबाट एसिसहितको सुविधासम्पन्न डिलक्स बस सञ्चालनमा ल्याएको छ । जिल्लामा बुधबारबाट पूर्व अरनिको यातायात समितिद्धारा एअर कन्डिसनसहित सिट, वाइफाइ र एसी समेतको सुविधासम्पन्न डिलक्स बस सञ्चालनमा ल्याएको हो ।
काठमाडौबाट प्रत्येक दिन बिहान ६ बजे छुट्ने बस चरिकोट, सुनखानी, सिंगटी, गोंगर र लामाबगरसम्मका यात्रुलाई सेवा दिने समितिले जनाएको छ । गोंगरबाट काठमाडौंका लागि बिहान ६ बजेनै बस छुट्ने व्यवस्था मिलाएको पूर्वअरनिको यातयात काउण्टर दोलखाका ईन्चाज रविन चौलागाँईले जानकारी दिनुभयो ।
चौलागाईँका अनुसार जिल्लाको विगु गाउँपालिकाको लामाबगर, लप्ची र गौरीशंकर गाउँपालिकाको गौरीशंकर हिमाल, च्छोरोल्पा हिमतालमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा बृद्धि ल्याउन सुविधाजनक बसले थप टेवा पुर्याउने आशा लिएको बताए । उनले यात्रुहरुलाई सहज र सरल रुपमा यात्रा गर्न सकिने समेत बताए ।
पूर्व अरनिको यातायातले दोलखामा सुपर एक्सप्रेस, टाटा सुमो लगायतले सेवा दिदै आएको छ । अरनिको नयाँ सञ्चालित बसलाई अरनिको यातायात व्यावसायी तथा कर्मचारीहरुले चरिकोटमा भव्य स्वागत गरेका थिए ।