ललिता निवास प्रकरणः अदालतद्धारा चार पूर्वसचिवविरूद्ध पक्राउ पुर्जी जारी

  गाैरीशंकर टाइम्स संवाददाता  218 पटक हेरिएको

काठमाडौं । बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरूद्ध पक्राउ पुर्जी जारी गरिएको छ । शुक्रबार प्रहरीले तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरूद्ध अदालतबाट पक्राउ पुर्जी लिएको हो ।

प्रहरीले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै उनीहरुलाई अनुसन्धानको लागि उनीहरुलाई अनुसन्धानको लागि पक्राउ पुर्जी लिएको हो । नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतका अनुसार पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात भने फरार रहेका छन् ।

त्यसैगरी, ललिता निवासको एक सय १४ रोपनी जग्गा व्यक्तिको नाममा कीर्ते गरेर किनबेच गर्नेमाथि पनि प्रहरीले फेरि अनुसन्धान सुरू गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार