कांग्रेस जिल्ला सभापतिहरूको प्रशिक्षण भेला सम्पन्न

  गाैरीशंकर टाइम्स संवाददाता  209 पटक हेरिएको

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा जिल्ला सभापतिहरुको दुई दिने प्रशिक्षण भेलामा १४ बुँदे आन्तरिक प्रतिबद्धता पारित गर्दै सम्पन्न भएको छ । जिल्ला सभापतिहरुको प्रशिक्षण भेलामा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्राप्त सुझावलाई छलफल गरी आगामी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने प्रतिबद्धतासहित सम्पन्न भएको हो ।

भेलामा जिल्ला सभापतिहरु योगेन्द्र पञ्जियार (धनुषा), रुपनारायण जवेगु (पाँचथर), दिनेश राई (धनकुटा), विष्णुकुमार राई (खोटाङ), किशोरदत्त बराल (कास्की), केदार भण्डारी (सुनसरी), राजेश्वर खनाल (चितवन), केशबहादुर विष्ट (सल्यान), नागेश्वर यादव (महोत्तरी), अरुणप्रकाश सिंह राठौर (वर्दिया), रमेशकुमार महत (नुवाकोट) र बर्मा लामा(दोलखा)ले आफ्नो धारणा तथा जिल्लागत रिर्पोटिङ गर्नुभएको केन्द्रीय समितिको कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।

जिल्ला सभापति कारणवस अनुपस्थित रहेका जिल्लाका हकमा कावा सभापति झपेन्द्र गैरे (पाल्पा), उपसभापति बीरबहादुर विष्ट (बैतडी), जिल्ला सचिव बालदीप कँडेल (सुर्खेत), अजय लुइटेल (ओखलढुङ्गा), केशवराज मिश्र (कैलाली), गुप्तनिधि शर्मा (पर्वत), माधवप्रसाद ढकाल (काभ्रे), प्रतिनिधि मुकेश सिंह (बारा) र निर्मला खड्का (भोजपुर)ले आफ्नो विचार तथा जिल्लागत रिर्पोटिङ गरेका थिए ।

त्यसैगरी, नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा असार २१ गतेदेखि सुरुभएको जिल्ला सभापतिहरुको प्रशिक्षण भेला शुक्रबार सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार