काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले हकप्रद शेयरका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले आगामी साउन १२ गते हकप्रद शेयर जारी गर्नका लागि बुक क्लोज गर्ने जनाएको छ ।
जस अनुसार साउन ११ गते सम्म कायम भएका सेयरधनीले मात्रै कम्पनीले जारी गर्ने हकप्रद शेयर किन्न योग्य हुनेछन् । कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्रीका लागि तयारी गरिरहेको छ ।
कम्पनीको २ः१ का अनुपातमा हकप्रद शेयर जारी हुँदैछ । प्रत्येक २ कित्ता हुने सेयरधनीले एक कित्ता हकप्रदका लागि आवेदन दिन सक्नेछन् । कुल ४० लाख ३२ हजार कित्ता हकप्रद जारी हुनेछ ।
त्यसैगरी, कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख रुपैयाँ कायम रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ४० करोड ३२ लाख रुपैयाँले बढ्नेछ । कम्पनीले हकप्रद शेयर बिक्रीका लागि मिति भने तोकिएको छैना ।