सर्वोच्चमा मेयर शाहको तारिख

  गाैरीशंकर टाइम्स सम्बाददाता  297 पटक हेरिएको

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आफू अपराधी भएको जनाएका छन् । सामाजिक सञ्जालमा सर्वोच्च अदालतबाट जारी भएको तारेख पर्चाको तस्बिर देखाउदै मेयर शाहले आफू तारेखमा रहेको उल्लेख गरेका हुन् ।

मेयर शाहका अनुसार ‘आज एउटा विशेष दिन । आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी । जय होस् यो देशको,’ भन्ने भनाई सहित सामाजिक सञ्जालमा तारिखको पर्चा सार्वजनिक गरेका थिए ।

मेयर शाहले सर्वोच्च अदालतमा आइतबार उपस्थित भएर तारिख बुझेको थियो । महानगरपालिकाभित्र भारतीय चलचित्र ूआदिपरुुषू सञ्चालनमा रोक लगाएपछि मेयर शाह विरुद्ध अदालतमा उजुरी परेका थिए ।

मेयर शाहविरुद्ध परेको रिटको गत मंगलबार सुनुवाइ गर्दै असार १२ गते सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद आचार्यको एकल इजलासले लिखित जवाफ माग गरेको थियो ।

भारतीय चलचित्र आदीपुरुष विवाद बढ्दै गएपछि मेयर शाहले गत बिहीबार सामाजिक सञ्जालमार्फत अदालत र सरकार भारतको गुलाम भएको बताएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार