सिंगटी हाइड्रोले १:१ अनुपातमा हकप्रद सेयर निकाल्ने

  किशोर कुमार गुरुङ  305 पटक हेरिएको

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले १ बराबर १ हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ दरका १ करोड ४५ लाख कित्ता सेयर हकप्रद निष्कासन गर्न लागेको हो ।

सिंगटी हाइड्रोले २५ मेगावाटको आयोजना निर्माण गरी सञ्चालनमा रहेको छ । असार २२ गते शुक्रबार हकप्रद निष्कासन सम्बन्धी सम्झौतापत्रमा सिंगटी हाइड्रोका प्रबन्ध सञ्चालक सुदिप खड्का र कुमारी क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

कम्पनीले सेयर निष्कासन गर्न कुमारी क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको थियो । कम्पनीका अनुसार हकप्रद सेयर निष्कासनबाट प्राप्त रकम विभिन्न ३५ मेगावाटभन्दा बढी क्षमताका आयोजनामा लगानी गर्ने योजना रहेको छ ।

कम्पनीको अधिकृत पुँजी २ अर्ब ९० करोड रुपैयाँ र जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँ रहेकोमा हकप्रद सेयर निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ हुने छ ।

त्यसैगरी, कम्पनीले सिगंटी खोलाबाट आयाेजना निर्माण गरी २०७८ साउन १७ गतेबाट व्यापारिक रुपमा विद्युत उत्पादन गरिदै आएको छ । हाल आयोजनाले कूल क्षमताको ९७ प्रतिशत विद्युत उत्पादन गरिरहेको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार