बल्छी ध्रुवे र राजु मास्टरसहितका कलाकारविरुद्ध मुद्धा दर्ता, ६४ करोड ९४ लाख बिगो दाबी

  गौरीशंकर टाइम्स संम्बाददाता  259 पटक हेरिएको

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले मरिचमान श्रेष्ठ(बल्छी ध्रुवे), राजु पौडेल(राजु मास्टर) सहितका कलाकारविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको छ । अभियोग पत्रमा बल्छी ध्रुवे, राजु मास्टरसहित बेगम नेपाली, एलिस राई, दिनेश खड्का, जलन घर्तीमगर, गणेश देवकोटा, अनिता धिताल, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको आरोपमा मुद्धा दर्ता गरेको हो ।

सोमबार दर्ता गरेको अभियोग पत्रमा उनीहरूले नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कार्य गरेकाले सोही ऐनको दफा ९५ अनुसार उनीहरूसँग बिगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गरिएको छ । उनीहरु विरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।

त्यसैगरी, विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार पनि मुद्दा चलाएको सरकारी वकिल कार्यालयले जनाएको छ । अदालतमा दर्ता गरिएको अभियोगपत्रमा एकीकृत कसुर बापत थप सजाय पनि माग गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार