लुक्लाबाट उडेको मनाङ एयरका हेलिकप्टर सम्पर्कबिहीन

  गाैरीशंकर टाइम्स सम्बाददाता  229 पटक हेरिएको

काठमाडौं । काठमाडौंका लागि उडेको मनाङ एयरको एनएलए–एमभी हेलिकप्टर सम्पर्कबिहीन भएको छ । लुक्लास्थित सुर्केबाट ६ जना यात्रु लिएर उडेको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कबिहीन भएको हो ।

उक्त हेलिकप्टरमा सवार पाँचै जना यात्रु विदेश नागरिक भएको खुलेको छ । उनीहरू मेक्सिकोका नागरिक हुन् । हेलिकप्टरमा रहेकामध्ये पाइलट मात्र नेपाली नागरिक हुन् ।

काठमाडौंदेखि लुक्ला उडानको बीचमा पर्ने लामजुरा पास आसपासको क्षेत्रमा खोजी केन्द्रित गरी हेलिकप्टर पठाउन लागिएको छ । सम्पर्कविहिन हेलिकप्टर खोज्न काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाइने तयारी गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार