काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको उपचारका क्रममा निधन भएको छ । दाहाललाई बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको नर्भिक अस्पताल थापाथलीले जानकारी दिएको हो ।
प्रधानमन्त्रीपत्नी सीता दाहालको अक्सिजन मात्रा घटेपछि उपचारका लागि उनलाई बुधबार बिहान अस्पताल पुर्याइएको थियो । दाहाल ‘प्रचण्ड’की धर्मपत्नी यसअघिदेखि नै बिरामी हुनुहुन्थ्यो ।
उनको पार्थिव शरीर बिहान ११ बजेसम्म पार्टी कार्यालयमा राखिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ । उनको आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचिवालयले बताएको छ।