त्रिविले नवीकरण नगर्ने १७५ क्याम्पस खारेज गर्दै

  गाैरीशंकर टाइम्स संवाददाता  254 पटक हेरिएको

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नविकरण नगर्ने १७५ वटा क्याम्पसको सम्बन्धन खारेजीको प्रक्रिया अघि बढाएको छ । यसअघि पटकपटक ताकेता गर्दा पनि नवीकरण नगरेको भन्दै त्रिविले ती क्याम्पसको सम्बन्धन खारेजी प्रक्रिया अगाडी बढाएको हो ।

त्रिविको उपकुलपति कार्यालय, योजना निर्देशनालयले यसअघि २०७९ पुस २० र चैत २८ गते क्याम्पस तथा कलेजहरूलाई सम्बन्धन नवीकरण गर्न सूचना निकालेको थियो । दुईपटकसम्म सूचना जारी गर्दा पनि नवीकरण गर्न नआएकाले त्रिवि सम्बन्धन समितिको निर्णयअनुसार ती क्याम्पसहरूलाई सम्बन्धन खारेजीको कारबाही प्रक्रिया अघि बढाएको त्रिवि डीनको कार्यालयले जानकारी दिएको छ ।

कुनै क्याम्पस नवीकरण प्रक्रियामा भएको भए यथासक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न विश्वविद्यालयले सूचित गरेको छ । त्रिविअन्तर्गत ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार