बल्छी ध्रुवे र राजु मास्टरसहितका कलाकारलाई धरौटीमा छोड्न जिल्ला अदालतको आदेश

  गाैरीशंकर टाइम्स संवाददाता  223 पटक हेरिएको

काठमाडौं । काठमाडौं जिल्ला अदालतले वान एक्स प्रकरणमा पक्राउ परेका कलाकारहरुलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । अदालतले बुधबार पक्राउ परेका कलाकारहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

पक्राउ परेका कलाकारहरु मरिचमान श्रेष्ठ ९बल्छी ध्रुवे०, राजु पौडेल ९राजु मास्टर०, पवन खतिवडा ९म्याकुरी०सहितका ८ जना कलाकारहरुलाई जनही पाँच हजार रुपैयाँ धरौटी माग गरिएको छ । अदालतले दिनेश खड्कासँग १० र अनिता धितालसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

त्यसैगरी, कलाकारहरु बल्छी ध्रुवे, राजु मास्टरसहित बेगम नेपाली, एलिस राई, दिनेश खड्का, जलन घर्तीमगर, गणेश देवकोटा, अनिता धिताल, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको आरोप लगाइएको थियो । यस प्रकरणमा एकजना अझै फरार रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार