बल्छी ध्रुवे र राजु मास्टरसहितका कलाकारहरु ५ हजार धरौटीमा छुटे

  गाैरीशंकर टाइम्स संवाददाता  163 पटक हेरिएको

काठमाडौं । वान एक्स प्रकरणमा पक्राउ परेका बल्छी ध्रुवे र राजु मास्टरसहितका कलाकारहरु धरौटीमा रिहा भएका छन् । उनीहरुलाई बुधबार जिल्ला अदालत काठमाडौंले छाड्न अनुमति दिएसँगै धरौटी बुझाएर हिरासमतबाट निस्किएका हुन् ।

उनीहरुलाई प्रहरीले गत जेठ ३२ गते वान एक्स सट्टेबाजी प्रकरणको आरोप लगाउँदै ८ जना कलाकारसहित १० जनालाई पक्राउ गरेको थियो । आरोपित मध्येहरुमा एकजना अझै फरार रहेका छन् । सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध बिगो दाबीसहित मुद्दा दायर गरेको थियो ।

प्रहरी हिरासतमा रहेका कलाकारहरुमा मरिचमान श्रेष्ठ (बल्छी ध्रुब्रे), राजु पौडेल (राजुमास्टर), पवन खतिवडा(म्याकुरी), बेगम नेपाली(भटभटे माइला) युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर(जलन), गणेश देवकोटा(जिडी) र सरोज घिमिरे(ढेडो बुढो) रहेका छन् ।

त्यसैगरी, उनीहरु हिरासतबाट २७ दिनपछि निस्किएसंगै परिवार तथा साथीहरुले खादा लगाएर स्वागत गरेका थिए । अदालतले आठजना कलाकारहरुलाई जनही ५ हजार, दिनेश खड्कालाई १० लाख र अनिता धिताललाई ५ लाख धरौटी माग गरेको थियो । सिआइबीका अनुसार अदालतले तोकिएका धरौटी बुझाएर कलाकारहरु बुधबार नै रिहा भएका जानकारी दिए । उनीहरुमाथि अनुसन्धान भने कायमै रहने समेत सिआइबीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार