दोलखाली स्रष्टा भानु बिद्यापति साहित्य पुरस्कारबाट सम्मानित

  गाैरीशंकर टाइम्स संवाददाता  185 पटक हेरिएको

चरिकोट । दोलखाली श्रष्टा कवि विष्णु सुवेदी २१०औँ भानु जयन्तिको अवसरमा भानु बिद्यापति साहित्य पुरस्कार २०८० बाट सम्मानित हुनुभएको छ । सदरमुकाम चरिकोट स्थित भीमेश्वर नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा कवि सुवेदीलाई भानु बिद्यापति साहित्य पुरस्कार २०८० बाट सम्मानित गरिएको हो ।

शुक्रबार सदरमुकाम चरिकोटमा भानु बिद्यापति साहित्य प्रतिष्ठान, दोलखा र विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाद्धारा आयोजनामा भएको कार्यक्रममा सुवेदीलाई नगद ११ हजार १ सय ११ रुपैयाँ र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । दोलखा भानु बिद्यापति साहित्य प्रतिष्ठानका अध्यक्ष शंकरलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रष्टा सुवेदीलाई दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा खुल्ला रामायण बाचन प्रतियोगिताको पनि आयोजना गरिएको थियो ।

प्रतियोगितामा बुढा भीमशेन मावि धरमघरका बिद्यार्थी प्रथम, त्रिपुरा बोर्डिङ स्कुल द्धितीय, कुटिडाँडा मावि तृतीय र हिम्स एकेडेमी सान्त्वना भएको थियो । प्रथम, द्धितीय, तृतीय र सान्त्वना भएका बिद्यार्थीहरुलाई क्रमश ४ हजार, तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार