खिम्ति आयोजनाका ईन्जिनियर खोलामा बेपत्ता

  गाैरीशंकर टाइम्स संवाददाता  52 पटक हेरिएको

दोलखा । खिम्ती-२ जलविद्युत आयोजनामा कार्यरत सव ओभरसियर कुशल कार्की बेपत्ता भएका छन् । उनी खिम्ती-२ जलविद्युत आयोजनाको हेडवक्सबाट चिप्लिएर खिम्ती खोलामा खस्दा बेपत्ता भएका हुन् ।

खिम्ती खोलामा बेपत्ता हुने कार्की जिरी नगरपालिका-४, घैलेश्वारा स्थायी निवासी रहेका छन् । जिरी नगरपालिका वडा नम्बर ८ बोक्सेमा हेडवक्सको काम गर्ने क्रममा कार्की चिप्लिएर खोलामा खसेको इलाका प्रहरी कार्यालय जिरीले जानकारी दिएको हो । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार भारी वर्षापछि खोलामा पानीको सतह बढेका कारण खोजी कार्यमा समस्या भएको छ । इलाका प्रहरी कार्यालय जिरीबाट खटिएको प्रहरी टोली र स्थानीयले उनको खोजी गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार