सरकारले आजदेखि सशुल्क विदेशी च्यानल बन्द गरिने

  गाैरीशंकर टाइम्स संवाददाता  110 पटक हेरिएको

 

काठमाडौं । आजदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने भएको छ । सरकारले १ साउनदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द गर्ने निर्णय गरेको हो ।

सूचना तथा प्रशारण विभागले एक विज्ञप्ति जारी गर्दै ‘अला कार्ट’ शुल्क प्रणालीका अर्थात छनोटका च्यानलका लागि शुल्क तिर्नूपर्ने व्यवस्थाका लागि सरकारले मागेबमोजिम च्यानलहरुको प्याकेजहरु प्राप्त नभएको भन्दै यस्तो अवस्था सिर्जना भएको जानकारी दिएको छ । भारतीय सःशुल्क टीभी च्यानल प्रसारक संस्थाहरुले नेपालको ‘अला कार्ट’ प्रणाली लागू गर्न सहयोग नगर्ने भने पछि यस्तो अवस्था आएको बिभागले जनाएको छ । विभागले सम्बद्ध सबैलाई सरकारी निर्णयलाई दृढतापूर्वक सहयोग गर्न अपील गरेको छ ।

भारतीय च्यानहरुको छाता संगठन इण्डियन ब्रोडकास्टिङ एण्ड डिजिटल फाउन्डेसनले सूचना तथा प्रसारण विभागलाई पत्राचार गर्दै च्यानलहरुको बुके बनाएर मूल्य तोक्ने र प्रत्येक च्यानलको छुट्टा छुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने स्पष्ट गरेको छ ।

त्यसैगरी, सरकारले विदेशी च्यानलको प्रसारण रोकिने अवस्था आएको जानकारी दिएको हो । सोनी, जी, डिस्कभरी, स्टार, कलर्स, एचबीओ, लगायतका विदेशी च्यानलका प्याकेज दिनेहरुले बुकेहरु, त्यसको मूल्य र बुकेमा हुने च्यानलहरुको प्रति इकाइ मूल्य प्रस्ताव नगरेका हुन् । विभागले बुके र शुल्कको विवरण विदेशी च्यानलका प्याकेज ल्याउने सबै विदेशी सिग्नल वितरक र अपरेटरहरूलाई पनि साउन १ देखि प्रसारण बन्द गर्न पत्राचार गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार