सार्वजनिक सवारीको भाडादर घट्यो

  गाैरीशंकर टाइम्स सम्बाददाता  134 पटक हेरिएको

 

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर घटाएको छ । स्वचालित प्रणालीअनुसार पेट्रोलियम पदार्थमा मुल्य समायोजन भएसँगै सार्वजनिक सवारीको भाडा पनि घटाएको हो ।

पेट्रोलियम पदार्थको डिजेलमा चार र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो । त्यसैलाई आधार मानी विभागले यात्रुवाहक सवारीमा २.१३ प्रतिशत भाडा घटाएको छ ।

त्यस्तै, पहाडि बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.७८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३.०९ प्रतिशत भाडा कम गरेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार