दोलखाको गौरीशंकरमा उपाध्यक्ष तामाङको निधनमा मंगलबार शोक विदा

  किशोर कुमार गुरुङ  258 पटक हेरिएको

दोलखा । गौरीशंकर गाउँपालिकाले मङ्गलबार पालिकाभर शोक विदा दिने भएको छ । पालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको आइतबार उपचारका क्रममा निधन भएपछि गाउँपालिकाले मंगलबार शोक विदा दिन लागेको हो ।

गाउँपालिका अध्यक्ष विश्वास कार्कीले सोमबार शोक वक्तव्य जारी गर्दै मङ्गलबार शोक विदाको घोषणा गरेका हुन् । वक्तव्यमा गौरीशंकर गाउँपालिकाको विकास, न्याय निरुपण, मेलमिलाप तथा सेवाप्रवाहमा उपाध्यक्ष तामाङको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनको निधनले गाउँपालिकालाई ठूलो क्षती पुगेको जनाइएको छ ।

पेट दुख्ने र पखाला लाग्ने समस्या भएपछि भक्तपुरको मध्यपुर थिमी अस्पतालमा भर्ना भएका तामाङलाई मुटुमा समस्या देखिएपछि काठमाण्डौस्थित सहिद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारीमा रिफर गरिएको थियो । उनको उपचारकै क्रममा आइतबार दिउँसो निधन भएको हो ।

तमाङको निधनप्रति जिल्ला स्थित राजनीतिक दलहरुले पनि दुख व्यक्त गरेका छन् । दोलखाको राजनीतिमा अपुरणीय क्षति पुगेको उल्लेख गर्दै राजनीतिक दलहरूले शोक वक्तव्य व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार