काठमाडौं । गौरीशंकर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको अन्त्योष्टि मंगलबार गरिने भएको छ । उपाध्यक्ष तामाङको काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारीमा उपचारको क्रममा आइताबार निधन भएको थियो ।
उपाध्यक्ष तामाङको पार्थिक शरिरलाई मंगलबार विहान सात बजे बौद्धको नयाँ बस्तीबाट शवयात्रा गरिने नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले जानकारी दिनुभयो । सभापति लामाका अनुसार तामाङलाई बौद्ध धर्मानुसार अन्त्योष्टि गरिने बताउनु भयो ।
गौरीशंकर गाउँपालिका वडा नं. ६, स्थायी निवासी तामाङ २०७९ को स्थानीय निर्वाचनबाट पालिका उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र एकिकृत माओवादी केन्द्रको गठबन्धनबाट निर्वाचनमा भाग लिनुभएको थियो ।
त्यसैगरी, उनी २०७४ को निर्वाचनमा गौरीशंकर गाउँपालिकाको ६ नंम्बर वडासदस्यमा निर्वाचित हुनुभएको थियो । उनले नेपाली कांग्रेसमा रहि लामो समय राजनीतिकमा सक्रिय सहभागिता रहनु भएको थियो । । गौरीशंकर गाउँपालिकाले उपाध्यक्ष स्व. तामाङको शोकमा मंगलबार पालिका भर सार्वजनिक विदा समेत दिएको छ ।