मौसमः देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना

  गाैरीशंकर टाइम्स सम्बाददाता  145 पटक हेरिएको

काठमाडौं । देशका केही भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । आज दिउँसो पनि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।

आज बिहान वाग्मती र गण्डकी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै भू–भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा मधेस प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यसैगरी, नदी तथा खहरे खोला आसपासका क्षेत्रमा बाढी आउने सम्भावना रहेको हुदा सतर्कता रहन मौसम पुर्वानुमान शाखाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार