पुष्पलालको ४५ओै स्मृतिमा वृक्षरोपण

  किशोर कुमार गुरुङ  204 पटक हेरिएको

चरिकोट । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४५ओै स्मृतिमा वृक्षरोपण कार्यक्रम गरिएको छ । शुक्रबार सदरमुकाम चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण कार्यक्रम मदन–आश्रित स्मृति प्रतिष्ठान दोलखा शाखा र अनेरास्ववियु दोलखाले संयुक्त रुपमा आयोजना गरेका थिए । कार्यक्रम अन्तर्गत दर्जनौं संख्यामा धुपी, कपुर, जाकराण्डा तथा कल्कीसहित विभिन्न जातका फूलका विरुवा रोपिएको छ ।

कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, प्रदेशसभा सदस्य भरतबहादुर केसी, उपाध्यक्ष राजेन्द्र मानन्धर, कार्यबाहक सचिव धर्मेन्द्र मोक्तान, उपसचिव सुन्दर कार्की तथा गौरीशंकर बहुमुखी क्याम्पसका प्रमुख शान्तबहादुर केसी लगायत क्याम्पसका शिक्षकहरूको सहभागी रहेको थियोे ।

त्यसैगरी, आयोजक नेरास्ववियुका  केन्द्रिय सचिव सजिव धिताल, बागमती प्रदेश इन्चार्ज सुजन कडरिया, केन्द्रीय सदस्य राजकुमार ढुङ्गेल, जिल्ला संयोजक जिपछिरीङ शेर्पा तथा जिल्ला कमिटी सदस्य लगायतको विद्यार्थी नेताहरू कार्यक्रममा सहभागिता रहेको थियो । क्याम्पस परिसरमा स्वच्छ वातावरण निर्माण तथा सौन्दर्यमा सहयोग पुग्ने र विद्यार्थीलाई सामाजिक कार्यमा उत्प्रेरित गर्ने उद्धेश्यले वृक्षारोपण गरिएको जिल्ला कमिटी सदस्य बिष्णुराज गुरुङले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता श्रेष्ठको स्मृतिमा एमाले र तिनका भातृसंगठनहरुले हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गरि मनाउदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार