काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियामा काम गरी वैधानिक रुपमा फर्किएर पुनः कोरिया जान चाहने कामलाई लक्षित गरी भाषा परीक्षा हुने भएको छ । ईपीसी कोरिया शाखाका अनुसार ह्युमन रिर्सोस डेभलपमेन्ट सर्भिस अफ कोरिया (HRD)बाट पुनः परीक्षा हुन लागेको हो ।
सन् २०२३ का लागि विशेष कोरियाली भाषा परीक्षा पास गरेपछि पुनः कोरिया जाने कामदारलाई वैधानिक बाटो खुल्ने ईपीसी कोरिया शाखाले जनाएको छ । एचआरडीबाट प्राप्त नाम समावेश भएका मध्ये इच्छुक नेपाली कामदारले आवेदन दिन सक्ने भएका छन् ।
त्यसैगरी, फारम वितरण तथा दर्ता १३ साउनदेखि १५ साउनसम्म तोकिएको छ । परीक्षा तालिका घोषणा ८ भदौ २०८० मा हुने भएको छ । परीक्षा भने १८ भदौ देखि २९ भदौसम्म हुने र नतिजा ३ असोजमा प्रकाशित हुने कार्यतालिका रहेको छ । परीक्षाका लागि आवेदन अनलाइन दिने सकिने र एडमिट कार्ड डाउन्लोड गरेर प्रिन्ट गरी सुरक्षित राख्नु पर्नेछ ।