गौरीशंकर र विगु गाउँपालिकालाई लक्षित गरी पर्यटन प्रवर्द्धनको अभियान सुरु

  किशोर कुमार गुरुङ  262 पटक हेरिएको

काठमाडौं । दोलखाको उत्तरी गौरीशंकर र विगु गाउँपालिकालाई लक्षित गरी पर्यटन प्रवर्द्धन अभियान सुरु गरिएको छ । शनिबार राजधानीमा सरोकारवाला निकायहरुले कार्यक्रम आयोजना गरी लामावगर–लप्चि–रोल्वालिङ क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने अभियान थालिएको हो ।

कार्यक्रममा चिनसँग सिमाना जोडिएको हिमाली क्षेत्र रोल्वालिङ भ्याली र धार्मिक क्षेत्र लप्चिलाई मुख्य पर्यटन प्रवद्र्धन बनाउने बारेमा छलफल भएका थिए । पर्यटनका लागि आवश्यक पुर्वधारहरु निर्माण, सम्भाव्यता अध्यायन, स्रोत र साधनहरुको परिचालन लगायतका विषयमा समेत छलफल भएको थियो । दोलखाका पत्रकार, बुद्धिजिवि, पर्यटन व्यवसायी र राजनीतिक व्यक्तित्वहरुले यस विषयमा छलफल गरिएको थियो ।

रोल्वालिङ उपत्यका बेदिङका पर्यटन व्यवसायी मिङ्मा तेन्जिङ शेर्पाले पर्यटकीय क्षेत्रको भौगालिक अवस्थावारे धारणा राखेको थिए । उनले राज्यको विभेदकारी व्यवहारले स्थानीय र पर्यटकलाई ठुलो भार पर्ने गरेको बताए । चिनको सिमाना भएको हुदाँ राज्यले त्यस क्षेत्रलाई हवाई उडान निषेधित क्षेत्र भएको हुदाँ तत्काल निषेधित क्षेत्र हटाउनु पर्नेमा जोड दिए । पर्यटनको विषयवस्तु उठानमा स्थानीयलाई सधै उपेक्षा गरिएको समेत गुनासो गरे । कार्यक्रममा विभिन्न राजनीतिक दलका अगुवा तथा पर्यटन क्षेत्रमा अबद्ध व्यावसायिहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

त्यसैगरी, कार्यक्रममा सहभागीहरुले पर्यटन पवद्र्धनका उपाय र चुनौतिहरु बारेमा विस्तृत छलफल गरेका थिए । पर्यटन प्रबद्र्धनका लागि लामाबगर, लप्चि र रोल्वालिङ उपत्यकालाई प्राथमिकता दिएको थियो । रोल्वालिङ उपत्यकामा पर्यटनका लागि ६ हजार भन्दामाथिका हिमालहरु, गौरीशंकर हिमाल, च्छोरोल्पा हिमताल र टसिलप्चा पास भएकोले थप पर्यटन पवद्र्धनको आकर्षण भएको स्थानीय पर्यटन व्यवसायि तथा अगुवाहरुले धारणा राखेको थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार