काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनले नेकपाका संस्थापक नेता पुप्पलालको स्मृति दिवस मनाएको हो ।
सत्तारुढ नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेले संस्थापक महासचिवको योगदानको स्मरणमा विभिन्न कार्यक्रमका आयोजना गरी मनाएको हो । पुष्पलाल स्मृति उद्यानमा नेकपा ९एकीकृत समाजवादी०ले एक कार्यक्रमको आयोजना गरेको थियो । नेकपा एमालेले राष्ट्रिय सभागृहमा समाज रुपान्तरणमा पुष्पलालको भूमिका विषयमा अन्र्तक्रिया गोष्ठी आयोजना गरिएको थियो ।
उक्त स्मृति सभाको प्रमुख अतिथिमा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेल र वक्ताहरू कांग्रेस नेता एवं सांसद चन्द्रप्रसाद भण्डारी, वरिष्ठ राजनीतिक विश्लेषक नीलाम्बर आचार्य, पूर्वमन्त्री आनन्द पोखरेल लगायत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वक्ताहरुले पुष्पलालको योगदानले नेपाली राजनीतिमा परिर्वतन आएको धारणा राखेको थिए । त्यस्तै, अन्य कम्युनिस्ट पार्टीहरूले पनि विभिन्न कार्यक्रम गरेर पुष्पलालको स्मृति दिवस मनाएको छ ।
त्यसैगरी, वि.सं २००६ मा भारतको कोलकतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्दा पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राखेका थिए । विसं १९८१ असारमा रामेछापको भङ्गेरीमा जन्मनुभएका पुष्पलाल वैचारिकरूपले सशक्त र आम नेपालीका लागि एक प्रेरणादायी नेताका रूपमा परिचित रहेका छन ।