क्रोसिया मुलुकमा पठाई दिने भन्दै २२ लाखभन्दा बढि रकम उठाई एजेन्ट फरार

  गाैरीशंकर टाइम्स संवाददाता  516 पटक हेरिएको

काठमाडौ । वैदेशिक रोजगारी अन्र्तगत क्रोसिया पठाउने प्रलोभन देखाएर २२ लाख भन्दाबढि रकम संकलन गरी एजेन्ट फरार भएको छ । होटल तथा अन्य काममा पठाई दिने भनि १७ जना कामदारबाट करिब २२ लाख भन्दाबढि रकम संकलन गरेर एजेन्ट सम्पर्क विहीन भएको हो ।

क्रोसियामा रोजगारीको लागि कुक, वेटर, फुट प्याकिङ तथा अन्य कामहरुमा आर्कषण तलब देखाई विभिन्न जिल्लाका १७ जना भन्दा बढि नेपाली कामदारको पासपोर्ट र एडभान्स संकलन गरेको थियो । एजेन्टले नक्कली वर्कपर्मीट देखाइ भिसा लगाउने भन्दै कामदारबाट रकम असुलेका थिए ।

त्यस्तै रकम संकलन गरी फरार हुनेहरुमा भोजपुर जिल्ला स्थायी निवासी अन्दाजी ५६ वर्षको किपा शेर्पा र मोरङ स्थायी निवासी अन्दाजी ३९ वर्षको तुलसी श्रेष्ठ रहेको छ । आइतबार उनीहरु विरुद्ध उजुरी दर्ता गर्न भनेर पिडितहरु वैदेशिक रोजगारी विभाग पुगेका थिए ।

पिडितहरुले फरार रहेको ऐजेन्टलाई खोजि गरिदिन केन्द्रीय अनुसन्धान ब्युरो (CIB)मा समेत उजुरी दर्ता गरेको छ । पिडितका अनुसार ऐजेन्टलाई सम्पर्क गर्दा थर्काउने र धम्क्याउने गरेको गुनासो गरे । अहिले फोननै स्विच अफ रहेकोले सम्पर्क विहिन भएको पिडित राज तामाङले बताए । पिडित तामाङका अनुसार अझै अन्य पिडितहरु पनि सम्पर्कमा आउने क्रम जारी रहेको बताए ।

त्यसैगरी, एजेन्टले क्रोसियाको लागि आर्कषण तलव देखाएर व्यक्तिगत रुपमा दिल्लीबाट भिस्सा लगाई दिने आश्वासन दिएका थिए । एजेन्टले दिल्लीमै नक्कली वर्कपर्मिट निकाली भिएफएस (VFS) समेत गराएको थियो । एजेन्टले पिडित कामदारहरुबाट एक वर्ष अगाडी नै रकम संकलन गरेको थियो ।

एजेन्टलाई बारम्बार पैसा फिर्ताको लागि ताकेता गरेतापनि फिर्ता नगरेपछि बैदेशीक रोजगार विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (CIB)मा उजुरी हाल्न बाध्य भएको पिडित पक्षले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार