काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीति आइतबार सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले बजारको मनोविज्ञान उकास्ने रणनीति लिएका छन ।
सार्वजनिक मौद्रिक नीतिले अर्थतन्त्रको लयलाई तीव्र गति दिने पक्षमा भने देखिँदैन । सेयर, घर, अटो कर्जाको माध्यमबाट बजारको मनोविज्ञान उठाउने प्रयास गरेपनि बजारमा उच्च दरमा पुँजी बढाउन सकिने संकेत भने देखिएको छैना । हरेक नयाँ आर्थिक वर्षसंगै सार्वजनिक हुने मौद्रिक नीतिले आर्थतन्त्रलाई सुधारोन्मुख संकेतको रुपमा हेरिन्छ । तर केहि वर्ष अगाडीदेखि सार्वजनिक हुनै मौद्रिक नीतिले कुनै लक्ष्य हासिल गर्न सकेको छैना ।
त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीतिले सबै क्षेत्रलाई समेट्ने प्रयात्न गरेको छ । आर्थिक विश्लेषकहरुका अनुसार कुनै सुधार हुनसक्ने संकेत नदेखिएको बताउछन् । यस नीतिले मुख्यगरी सेयर, घर, अटो कर्जा लगायतलाई प्राथमिकता दिएको छ ।