मौसमः देशभर आंशिकदेखि भारी वर्षको सम्भावना

  गाैरीशंकर टाइम्स सम्बाददाता  130 पटक हेरिएको

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको हुदा मनसुनी वायुको प्रभाव परेको हो ।

अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही मधेश प्रदेशका एक–दुई स्थान तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशीसहित अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका बाँकी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यसैगरी, नदी तथा तटीय आसपासका क्षेत्रमा सतर्कता अपनाउन समेत मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार