सुन प्रकरणः भन्सार अधिकृत सहित थप ६ जना पक्राउ

  गाैरीशंकर टाइम्स संवाददाता  100 पटक हेरिएको

काठमाडौं । एक क्विटल सुन तस्करी प्रकरणमा भन्सार अधिकृत सहित ६ जना पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी र तीन जना भन्सार एजेन्टलाई सोमबार पक्राउ गरिएको हो ।

उनीहरुलाई राजस्व अनुसन्धान विभागको विशेष टोलीले पक्राउ गरेका हुन् । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ । अनुसन्धान विभागले सोमबार भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ तथा सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट यादव शंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बालाई पक्राउ गरेको हो ।

त्यसैगरी, विभागले यसअघि सुन तस्करीमा संलग्न भएको आरोपमा १० जनालाई पक्राउ गरेको थियो । हङकङबाट गत मंगलबार क्याथे प्यासिफिक मार्फत १०० किलो सुन मोटरसाइकलको ‘ब्रेक शु’ मा लुकाएर काठमाडौं ल्याइएको थियो । उक्त सुन भन्सार प्रणालीबाट सहजै पास भएर बाहिरन लैजान लाग्दा विभागको टोलीले बरामद गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार