निर्वाचन आयोगले खर्च सार्वजनिक नगर्ने दोलखाका ६ सहित २४३५ उम्मेदवारलाई जरिवान तोक्यो

  गाैरीशंकर टाइम्स संवाददाता  290 पटक हेरिएको

दोलखा । निर्वाचन आयोगले चुनावको खर्च विवरण सार्वजनिक नगर्ने दोलखाको ६ सहित २ हजार ४ ३५ जना उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको छ । आयोगले निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई १५ हजारका दरले जरिवाना गर्ने निर्णय गरेको हो ।

आयोगले तोकेको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधिसभाका १ हजार ३७ जना र प्रदेशसभातर्फका १ हजार ३९८ गरी कुल २ हजार ४३५ जना उम्मेदवारलाई जनही १५ हजार जरिवाना गर्ने निर्णय गरेका हुन् ।

आयोगका अनुसार दोलखाबाट स्वतन्त्र पार्टीका एक जना, नेपाल आम पार्टीका दुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुई जना, समाजवादी पार्टी नेपालका एक, नेपाल कम्युनिष्ट पार्टीका एक र लोकतान्त्रिक समाजवादीको तर्फबाट तर्फबाट एकजना गरि ६ जना उम्मेदवारले निर्वाचन खर्चको विवरण बुझाएका छैनन् । आयोगले जरिवाना वापतको रकम ३५ दिनभित्र दाखिला गरि सात दिनभित्र सक्कल भौचरसहित कार्यालयमा बुझाउन भनिएको छ ।

गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभातर्फ २ हजार ३७४ र प्रदेशसभातर्फबाट ३ हजार १८८ जना समेत गरी जम्मा ५ हजार ५६२ जना उम्मेदवारलाई निर्वाचन निर्वाचन खर्च पेश गर्न सुचना जारी गरेको थियो । आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७४ को दफा ३१ का उपदफा २ बमोजिम जरिवाना तोकि असुल उपर गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

त्यसैगरी, जरिवाना वापतको रकम तोकिएको समयभित्र नबुझाउने उम्मेदवारलाई तत्काल हुने निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवाना वापतको रकम सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रिय तहसिल कार्यालयमा लेखी पठाउने आयोगले जनाएको छ ।

#आयोगले जारी गरेको सुचना

Press_release_2080.04.09

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार