काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा मंगलबार थप दुई जनालाई पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या २२ पुगेको हो ।
ललिता निवास प्रकरणमा सीआईबीले सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको हो । उनीहरुलाई ललितपुरको कुपन्डोलबाट पक्राउ गरिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिनुभयो ।
त्यसैगरी, पछिल्लो समय सीआईबीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा धमाधम आरोपित पक्राउ गर्दै अनुसन्धान गरिरहेको छ । प्रहरीले तहका उच्च पदाधिकारीदेखि तल्लो तहका कर्मचारीसम्म निगरानी गरी अनुसन्धान गरिदै आएको छ ।