मार्बुकी हिमवर्तीमा अध्ययनरत छात्रा आयुषा श्रेष्ठ खोलाले बगाएर बेपत्ता

  किशोर कुमार गुरुङ  588 पटक हेरिएको

दोलखा । गौरीशंकर गाउँपालिका वडा नम्वर–७ मार्बुमा बुधबार खोलाले बगाएर एक छात्रा बेपत्ता भएकी छिन् । हिमवर्ती माध्यमिक विद्यालयको कक्षा ६ मा अध्यायनरत छात्रा अन्दाजी १३ वर्षीय आयुषा श्रेष्ठलाई स्थानीय घट्टेखोलाले बगाएर बेपत्ता पारेका हुन् ।

बेलुका विद्यालय छुट्टी भएपछि शिक्पाश्वरस्थित घर फर्कने क्रममा श्रेष्ठलाई खोलाले बगाएको विद्यालयकी शिक्षिका माया गुरुङले जानकारी दिनुभयो। शिक्षिका गुरुङका अनुसार खोलाले बगाएर बेपत्ता भएकी छात्रा बिहिबार बेलुकासम्म नभेटिएको जानकारी दिइन् । बेपत्ता छात्रालाई विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक लगायत स्थानीयले खोजि कार्य जारी राखेको छ ।

इलाका प्रहरी कार्यालय सिँगटीका प्रहरीको टोलीसहित बुधबार बेलुकासम्म नभेटिएपछि बिहीबार बिहानैदेखि खोजी कार्य सुरु गरेको विद्यालयका प्रधानाध्यापक शुब शेर्पाले बताउनुभयो । प्रधानाध्यापक शेर्पाका अनुसार खोला तर्न पुल भएतापनि हातमुख धुन छात्रा खोलामा पसेको हुनसक्ने जानकारी दिनुभयो ।

त्यसैगरी, बेपत्ता भएकी छात्राका साथीहरुको भनाई अनुसार हातमुख धुदैगर्दा चिप्लिएर खोलाले बगाएको बताएका छन् । विद्याथीहरु दैनिक त्यसै खोला पार गरी विद्यायल आवतजावत गरिदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार