गौरीशंकर गाउँपालिका उपाध्यक्ष तामाङको स्मृतिमा ‘श्रद्धाञ्जली सभा’ सम्पन्न

  किशोर कुमार गुरुङ  332 पटक हेरिएको

दोलखा । गौरीशंकर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङकोे १३औँ दिनको पुण्यतिथिका अवसरमा पालिकाले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । उपाध्यक्ष तामाङको स्मृतिमा गाउँपालिकाले शुक्रबार श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।

उपाध्यक्ष तामाङको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभा पालिका अध्यक्ष बिश्वास कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो । सभामा दोलखाका जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका सांसद कुन्दनराज काफ्ले, बागमती प्रदेश सरकारका पूर्वमन्त्री विशाल खड्का, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, कांग्रेसका नेता तारा खड्का लगायतले गौरीशंकरको विकास र समृद्धिमा स्वर्गीय तामाङको योगदान रहेको स्मरण गर्दै उहाँका बाँकी सपना पुरा गर्ने धारणा राखेका थिए ।

श्रद्धाञ्जली सभामा सहभागि हुन जिरी नगरपालिका नगर प्रमुख मित्रवहादुर जिरेल, वैतेस्वर गाउँपालिका अध्यक्ष छवि लामा, जिरी नगरपालिका उपप्रमुख कृष्णमाया खड्का बुढाथोकी, कालिञ्चोक गाउँपालिका उपाध्यक्ष कुलवहादुर बुढाथोकी लगायतका जनप्रतिनिधिहरु सुरी पुगेका थिए । श्रद्धाञ्जली सभामा स्वर्गीय तामाङका छोरा बिमल तामाङ र परिवारजनको पनि उपस्थिती रहेको थियो ।

उपाध्यक्ष तामाङको गत साउन ३१ गते मुटुको शल्यक्रिया गर्ने क्रममा काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा निधन भएको थियो । नेपाली कांग्रेस गौरीशंकर पालिका समितिका सभापति समेत रहेका तामाङ स्थानीय तहको निर्वाचन २०७९ मा गठबन्धनको नेपाली कांग्रसका तर्फबाट उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार