काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि कार्यक्रममा सहभागी हुनु भई स्वदेश फर्कनुभएको छ । संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनद्धारा इटालीको रोममा आयोजित फुड सिस्टम समिट प्लस टुमा सहभागी हुनुभई शुक्रबार दिउँसो स्वदेश फिर्ता हुनुभएको हो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुदै साउन ६ गते इटाली भ्रमणमा निस्कनु भएको थियो । भ्रमणमा क्रममा प्रधानमन्त्रीले फुड सिस्टमलाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित मुलुकहरुको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताउनु भयो ।
उहाँले भ्रमणका क्रममा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक सिन्डे म्याकनबीच भेटवार्ता गर्नुभएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्लले नेपाली प्रगतिशिल मञ्च इटाली, बेल्जियम स्पेन, क्रोएसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिसँग छलफल गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सोही अवसरमा उहाँले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा दृढताका साथ अगाडि बढेको बताउनुभएको थियो ।
त्यसैगरी, प्रधानमन्त्री ‘प्रचण्ड’को नेतृत्वमा भ्रमण दलमा उहाँका स्वकीय सचिव एवं छोरी गंगा दाहाल, कृषि तथा पशुपंक्षी विकासमन्त्री डा।बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा।जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मी लगायत सहभागी भएका थिए ।