गौरीशंकर गाउँपालिकाको राहात शिक्षक समितिका अध्यक्षमा केदार खत्री

  किशोर कुमार गुरुङ  173 पटक हेरिएको

दोलखा । नेपाल राहत शिक्षक संघर्ष समिति गौरीशंकर गाउँपालिकाको अधिवेशनबाट अध्यक्षमा केदार खत्री सर्वसम्मत चयन हुनु भएको छ । शनिबार सम्पन्न अधिवेशनले १५ सदस्यिय कार्यसमिति चयन गरेको हो ।

पालिका स्तरिय राहत शिक्षक समितिको उपाध्यक्षमा शुशिला गुरुङ, सचिव उत्तम कुमार कार्की, सहसचिव यमबहादुर श्रेष्ठ र कोषध्यक्षमा पासाङ शेर्पा चयन भएको छ । समितिको सदस्यमा टीका केसी, सरस्वती कार्की, प्रज्वल खत्री, रमेश बस्नेत, शुशिला खड्का ओली, कुलबहादुर डाँगी, आङदोर्जी शेर्पा, कोछिरी शेर्पा र दावा ओङ्छे शेर्पा सर्वसम्मत चयन हुनु भएको हो ।

त्यसैगरी, पालिका अधिबेशनबाट सल्लाहकार समितिमा विक्रम खड्का, धिराज शिवाकोटी, जगतबहादुर तामाङ, हिराकाजी बस्नेत र सिता भण्डारी रहनु भएको छ । अधिवेशनमा पालिकामा कार्यरत राहत शिक्षकहरुको उपस्थिति रहेको थियो । राहत शिक्षक समितिले शैक्षिक क्षेत्रमा कार्यरत राहत शिक्षकको हकहित र अधिकारका लागि काम गरिने अध्यक्ष केदार खत्रीले जानकारी दिनुभयो । अध्यक्ष खत्रीका अनुसार राहत शिक्षकमाथि हुने दमन र शोषणप्रति संघर्ष गरिने समेत बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार