काठमाडौं । नेपाली कांग्रेसको नेता एवं गौरीशंकर गाउँपालिका उपाध्यक्ष स्वर्गीय श्यामसुन्दर तामाङको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । शनिबार गौरीशंकर काठमाडौं सम्पर्क मञ्जद्धारा आयोजित स्वर्गीय उपाध्यक्ष तामाङको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको हो ।
उपाध्यक्ष तामाङको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो । श्रद्धाञ्जली सभामा दोलखाका संघीय सांसद गंगा कार्की, बागमती प्रदेश दोलखा क का प्रदेशसभा सदस्य कुन्दनराज काफ्ले, नेपाली कांग्रेस दोलखाका पुर्व सभापतिद्धय ताराबहादुर कोइराला, रुद्रबहादुर खड्का र नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा लगायत राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वर्गीय तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई समाबेदना प्रकट गरिएका थिए ।
त्यसैगरी, उपाध्यक्ष तामाङको गत साउन ३१ गते मुटुको शल्यक्रिया गर्ने क्रममा काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा निधन भएको थियो । नेपाली कांग्रेस गौरीशंकर गाउँपालिका समितिका सभापति समेत रहेका तामाङ स्थानीय तहको निर्वाचन २०७९ मा गठबन्धनको नेपाली कांग्रसका तर्फबाट उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।