काठमाडौं । कपनस्थित गुटशट स्नुकर प्ले जोन एण्ड रेष्टुरेन्टद्धारा आयोजित ‘गुटशट स्नुकर टुर्नामेन्ट–२०२३’ सम्पन्न भएको छ । गुटशट स्नुकर एण्ड रेष्टुरेन्टको खेल स्टेशनमा आइतबारदेखि सञ्चालन भएको स्नुकर टुर्नामेन्टको खेल सोमबार सम्पन्न भएको हो ।
काठमाडौको कपनस्थित गुटशट स्नुकर एण्ड रेष्टुरेन्टद्धारा ‘स्नुकर टुर्नामेन्ट टुर्नामेन्ट–२०२३’ आयोजना गरिएको थियो । टुर्नामेन्टमा २८ जना स्नुकर खेलाडीहरुको सहभागिता रहेको आयोजक लाक्पाडेण्डी शेपाले जानकारी दिनुभयो । आयोजक शेर्पाका अनुसार स्नुकर खेलमा नयाँ अनुभव र खेलाडीहरु बीच एकअर्कामा परिचयात्मक गर्ने उद्धेश्यले टुर्नामेन्ट आयोजना गरेको बताउनु भयो ।
स्नुकर टुर्नामेन्टमा उत्साहपुर्ण खेलाडीहरुको सहभागिता रहेका थिए । उनले यो दोस्रो टुर्नामेन्ट भएको र आगामी दिनमा खेललाई निरन्तरता दिने समेत बताए ।आगामी टुर्नामेन्ट यहि अगस्ट ६ तारिखदेखि सञ्चालन हुने भएको छ । यस गुटशट स्नुकर केहि वर्ष अधिदेखि व्यवसायिक रुपमा सञ्चालन हुदै आएको छ । स्नुकर प्ले जोनमा खेलसंगै ब्यवस्थित रुपमा होटल पनि सञ्चालनमा रहेको छ ।
त्यसैगरी, दुई दिनसम्म गुटशट स्नुकर प्ले जोनमा सञ्चालन भएको खेलमा क्रमश प्रथम, द्धितिय र तृतियमा मिलन तामाङ, गणेश भुजेल र कुसाङ शेर्पा हुनुभयो । खेलमा विजेता हुने प्रथम, द्धितिय र तृतियमा क्रमशः १५, १० र ५ हजार पुरस्कार राशी रहेको थियो । आयोजकले सोमबार विजेतालाई पुरस्कार राशी हस्तान्तरण गर्दै सहभागी सबैलाई धन्यवाद समेत दिए ।