काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । भारतबाट इन्धनको मूल्य बढेर आएपछि निगमले पेट्रोल र डिजेलमा वृद्धि गरेको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ र डिजेलमा प्रतिलिटर ७ रुपैयाँ बढेको छ । यस्तै ग्यासमा प्रतिसिलिण्डर १३० रुपैयाँले मूल्य घटेको निगमले जनाएको छ । घटेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने छ ।
हाल १६४ रुपैयाँ प्रतिलिटर रहेकोमा अब १७३ रुपैयाँमा बिक्री हुनेछ । यस्तै डिजेल १४६ रुपैयाँ रहेकोमा अब ७ रुपैयाँले वृद्धि भएर १५३ रुपैयाँमा बिक्री हुनेछ ।
यस्तै ग्यासको मूल्य हाल प्रतिसिलिण्डर १७ सय ९० रुपैयाँ रहेको छ । अब नयाँ मूल्य अनुसार १६ सय ६० रुपैयाँमा उपलब्ध हुने निगमले जानकारी दिएको छ ।