काठमाडौं । सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको शव दक्षिणकालीमा भेटिएको छ । गत साउन ७ गते सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक विधान आलेमगर को शव ११ दिनपछि दक्षिणकालीमा शव भेटिएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलका अनुसार प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकालीस्थित बागमती नदीको किनारमा शव भेटेको बताउनु भयो ।
स्थानीय वासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बेपत्ता बालकको नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले खोजी गरेको थियो ।