दोलखा । गौरीशंकर गाउँपालिका ७, मार्बुको टोपटारमा पहिरो जादा ३ जना घाइते भएका छन् । विहीबार मध्येरातिदेखि परेको अविरल वर्षाको कारणले पहिरो जादाँ मार्बुको टोपटारस्थित बस्ती बगाउदा सात घरपरिवारका ३ जना घाइते भएका हुन् ।
गौरीशंकर गाउँपालिका ८, खारेको सल्लेस्थित भिरको पहिरोले खोला थुनिदा टोपटारको बस्ती बगाएको हो । भिरमाथिबाट आएको पहिरोले खोला थुनिदा किनारमा रहेको बस्ती बगाएको थियो । मार्बुको टोपटारस्थित खोलाको किनारमा करिब सात घरपरिवार रहेका थिए ।
बिहीबारको दिनभरी अविरल वर्षाको कारणले उद्धार कार्यमा कठिनाई भएको हुदाँ आज बिहानैदेखि खोजि कार्य जारी रहेको छ । खोलाको किनारमा रहेको बस्ती पारीबाट आएको पहिरोले खोला थुनिएको थियो । पहिरोमा परी घाइते हुनेमा यज्ञ थामी र उनको श्रीमती रहेको स्थानीय समाजसेवि कुमार गुरुङले जानकारी दिनुभयो । स्थानीय गुरुङका अनुसार घाइतेमध्ये एक जनाको पहिचाहन खुल्न नसकेको र अन्य अझै बेपक्ता रहेका हुनाले खोजि कार्य जारी रहेको बताउनु भयो । गुरुङले निरन्तर वर्षात र सडक अबरुद्ध भएका कारणले उद्धार कार्यमा कठिनाइ भएको समेत जानकारी दिनुभयो ।
त्यसैगरी, स्थानीयले घाइते तथा बेपक्ताको उद्धार कार्यका लागि इलाका प्रहरी कार्यालय सिंगटी र गाउँपालिका कार्यालयमा समेत जानकारी दिइसकेका छन् । टोपटारको सो बस्ती खानीखोला हाइड्रोपावर जलविद्युत आयोजनाको प्रबेशमार्ग हो । त्यस क्षेत्रमा पहिरोले गर्दा सडकको आवतजावत पुर्णरुपमा अवरुद्ध भएका छन् ।