विश्व कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा भव्य स्वागत

  गाैरीशंकर टाइम्स संवाददाता  257 पटक हेरिएको

काठमाडौं । विश्व कीर्तिमान नेपाली आरोही तेन्जेन (लामा) शेर्पा, निमा रिन्जी शेर्पा र नर्वेकी आरोही क्रिस्टिन हरिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । तीनै जनालाई त्रिभुवन विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिरपाली ठकुरीले माला र पुष्पगुच्छाले स्वागत गरेका हुन ।

विमानस्थलमा आरोहीलाई स्वागत गर्न राज्यमन्त्री सिरपालीसँगै पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ (NMA) लगायत पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्था तथा आरोहीहरुको उपस्थिति रहेको थियो । कीर्तिमानी आरोहीको स्वागत तथा सम्मानमा सरकारी प्रतिनिधि तथा पर्यटन व्यवसायीहरुले विमानस्थलमा सांस्कृतिक बाजागाजासहित भव्य स्वागत गरिएको संघका अध्यक्ष निमानुरु शेर्पाले जानकारी दिए । उनीहरुले तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गरेका थिए ।

पाकिस्तानमा रहेको K2 हिमाल ब्रोडपिक (८,६११ मिटर) को क्रिष्टिन र तेन्जेनले साउन ११ गते बिहान १०ः४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जानाएको छ । उक्त हिमालको सफल आरोहणसँगै क्रिष्टिन र तेन्जेनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु तीन महिनामा सफल आरोहण गरी विश्व कीर्तिमान राखेको कम्पनीले जानकारी दिएका हुन् । सबैभन्दा कान्छो K2 शिखर आरोहण गर्ने निमा रिन्जी शेर्पा पनि आजै स्वदेश फर्किएका थिए ।


त्यसैगरी, क्रिष्टिन र तेन्जेनले सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसकेका छन् । विश्व कीर्तिमानी आरोहीलाई सम्मान गर्न विमानस्थलबाट र्‍याली निकाली गौशाला, चाबहिल, चक्रपथ, लैनचौर र दरबारमार्ग हुँदै नेपाल पर्यटन बोर्ड पुगी बधाई तथा सम्मान कार्यक्रममा सहभागी भएको नेपाल पर्वातरोहण संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार