काठमाडौं । ‘गुटशट स्नुकर प्रतियोगिताको च्याम्पियनशीप–२०८०’ सम्पन्न भएको छ । कपनस्थित गुटशट स्नुकर क्लबको खेल स्टेशनमा आइतबारदेखि सञ्चालन भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो ।
गुटशट स्नुकर क्लब कपनले प्रतियोगिताको च्याम्पियनशीप–२०८० आयोजना गरेको हो । स्नुकरको प्रतियोगिता च्याम्पियनशीपमा लाक्पा छिरीङ शेर्पा प्रथम, वाङ्दी शेर्पा द्धितिय र शक्ति राई तृतिय हुनुभयो । मंगलबार सम्पन्न प्रतियोगिताको च्याम्पियनशीप विजेतालाई नगद २५ हजारसहित ट्रफी र द्धितिय, तृतियलाई क्रमस नगद १५ हजार, १० हजार र ट्रफी पुरस्कार रहेको प्रतियोगिताकी प्रमुख निक्की शेर्पाले जानकारी दिइन् । आयोजक शेर्पाका अनुसार तिन दिनसम्म सञ्चालन भएको खेलमा ३४ जना प्रतियोगिहरु सहभागी भएको बताइन् । सो प्रतियोगिताको उपाधि लाक्पा छिरीङ शेर्पाले ट्रफीसहित नगद २५ हजार जिल्नुभयो । आयोजकले मंगलबार विजेतालाई पुरस्कार हस्तान्तरण गर्दै सहभागी सबैलाई प्रतियोगिहरुलाई धन्यवाद समेत दिए ।
यस पटक आयोजित प्रतियोगिता गुटशट स्नुकर क्लवको तेस्रो टुर्नामेन्ट भएको स्नुकर सञ्चालक लाक्पा डेण्डी शेपाले बताउनुभयो । सञ्चालक शेर्पाका अनुसार स्नुकर खेललाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमै सहभागिताको लागि योग्य र उत्कृष्ट बनाउनुका साथै खेलाडीहरुमा परिचयात्मक हुन तथा स्वास्थ्यको लागि पनि त्यतिकै फाइदाजनक भएकाले यस्ता प्रतियोगिताहरु निरन्तर सञ्चालन गरिने समेत बताए ।
स्नुकर सञ्चालक शेर्पा पर्यटन ब्यवसायिक हुन् । उनले ८ हजारभन्दा माथिका १० बटा हिमालहरु आरोहण गर्नुका साथै १० दिन १८ घण्टा ३० मिनेटमा तिन पटक सगरमाथा आरोहण गर्नुभई गिनिज अफ वल्ड रेकर्ड बुकमा नाम लेखाइ सक्नुभएको छ । उनले पर्यटन व्यावसायसँगै स्नुकर खेललाई पनि व्यवसायिक रुपमा सञ्चालन गरिदै आउनु भएको छ । उनले उनले स्नुकर क्लवमा ५/६ जनालाई रोजगारी समेत दिएका छन् ।
त्यसैगरी, स्नुकर टुर्नामेन्ट प्रतियोगितामा खेलाडीहरुको उत्साहपुर्ण सहभागिता रहेका थिए । गुटशट स्नुकर क्लबले केहि वर्ष अघिदेखि स्नुकर व्यवसायिक रुपमा सञ्चालन गरेको हो । खेलकुद क्षेत्रमा स्नुकर सञ्चालनको छोटो समयमै लोकप्रिय भैई खेल प्रतियोगिताहरु सम्पन्न गरेका छन् । स्नुकरसँगै ब्यवस्थित रुपमा खाजाघर पनि सञ्चालन रहेको छ ।