विगु गाउँपालिका वराङका एक किशोरको पहिरोमा पुरिएर मृत्यु

  किशोर कुमार गुरुङ  118 पटक हेरिएको

दोलखा । बिगु गाउँपालिका २, ओराङमा तिते माछा टिप्न गएका एक किशोरको पहिरोमा पुरिएर मृत्यु भएको छ । तामाकोशी नदीमा तिते माछा टिप्न गएका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो ।

दोलखा प्रहरीका अनुसार तिते माछा टिप्न मंगलबार राति तामाकोशी नदी किनारमा पुगेका तामाङलाई माथिबाट खसेको पहिरोले पुरेको जनाएको छ । उनीसंगै गएका अन्य तीन जनाले भागेर ज्यान जोगएका छन् । ओराङको टुकु निबासी तामाङलाई स्थानीय माइथान खेतबाट झरेको पहिरोले बगाएको थियो । उनीहरु तामाकोशी नदी किनारमा तिते माछा टिप्न झरेका थिए ।

दोलखामा केही दिन यता बाढी पहिरोका कारण लगातार धनजनको क्षेति भईरहेको छ । केही दिनअघि गौरीशंकर गाउँपालिका–७, मार्वुमा गएको पहिरोका कारण दुई जनाको मृत्यु भएको थियो भने दुई जना अझै बेपत्ता रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार