नेपाली कांग्रेस गौरीशंकरको कार्यबाहक सभापतिमा गौतम श्रेष्ठ चयन

  गाैरीशंकर टाइम्स संवाददाता  161 पटक हेरिएको

दोलखा । नेपाली कांग्रेस गौरीशंकर गाउँपालिकाको कार्यबाहक सभापतिमा चित्रकुमार श्रेष्ठ(गौतमं)लाई चयन गरिएको छ । बुधबार बसेको नेपाली कांग्रेस गौरीशंकर गाउँपालिका कार्यसमितिका बैठकले श्रेष्ठलाई कार्यबाहक सभापतिमा सर्वसम्मत चयन गरिएको हो ।

गत असार ३१ गते पार्टीका सभापतिसमेत रहेका पालिका उपाध्यक्ष स्वर्गीय श्यामसुन्दर तामाङको हृदयघातका कारण निधन भएपछि सभापति पद रिक्त रहेको थियो । पालिका कार्यसमितिले आयोजना गरिएको कार्यक्रमा सभापति स्वर्गीय तामाङको स्मृतिमा श्रद्धाञ्जली अर्पण गरिनुका साथै रिक्त रहेको पदपुर्ति गरिएको थियो । पालिका उपसभापतिसमेत रहनुभएका श्रेष्ठलाई कार्यबाहक सभापति, मक्कर बहादुर खड्का सचिव र लाक्पा याङजी शेर्पालाई उपसचिवमा सर्वसम्मत चयन गरिएका हुन् ।

त्यसैगरी, नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले गरेको निर्णय बमोजिम आन्तरिक बिशेष अभियानको तयारीमा लागेको नेपाली कांग्रेसका जिल्ला सभापति बर्मा लामाले जानकारी दिनुभयो । सभापति लामाका अनुसार पार्टीलाई सक्रिय बनाउन र जनताको दुःख पिडामा समाहित हुनका लागि आन्तरिक बिशेष अभियानको लयारी गरेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार