दोलखाको सिंगटी प्रशासन प्रमुखमा शिवबहादुर खड्का, खड्का पुगे लगतै सेवा सुरु

  गाैरीशंकर टाइम्स सम्बाददाता  531 पटक हेरिएको

दोलखा । दोलखाको उत्तरी प्रशासन कार्यालय लामो समयदेखि रिक्त रहेका शाखा प्रमुखमा शिवबहादुर खड्का नियुक्त हुनुभएको छ । उत्तरी भेगका तीनवटा गाउँपालिकाको इलाका प्रशासन कार्यालय सिंगटीस्थित कार्यालय प्रमुखमा खड्का नियुक्त हुनुभएको हो ।

दोलखाको उत्तरी भेगमा रहेका साबिक २२ वटा गाबिस तथा हाल ३ वटा गाउँपालिका गौरीशंकर, बिगु र कालिञ्चोक गाउँपालिकाको केन्द्र सिंगटीमा विगत १ वर्षदेखि प्रशासन कार्यालय बन्द रहेको थियो । सिंगटीमा विहिबारदेखि ईलाका प्रशासन कार्यालयबाट नागरिकता प्रमाणपत्र र अन्य प्रशासनिक कार्यको सेवा सुचारु भएको छ ।

बिहीबारदेखि उत्तरी भेगका सेवाग्राही सदरमुकाम चरिकोट धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । विगत १ वर्ष अगाडी सिंगटीबाटै नेपाली नागरिकता प्रमाणिकरण हुनुका साथै वितरण गरिदै आएको थियो । सिंगटीको शाखामा प्रमुख नभएपछि कार्यालय सेवा ठप्प रहेको थियो ।

इलाका प्रशासन कार्यालय, सिंगटीमा कार्यबाहक शाखा अधिकृतमा नियुक्त हुनुभएका खड्का साविक गौरीशंकर, खारे लगायतका गाबिसहरुमा सचिब भएर काम गरि सक्नुभएको अनुभव रहेको छ । त्यसपछि चरिकोटस्थित जिल्ला प्रशासन कार्यालय नागरिकता फाँटमा सरुवा हुनुभैई जानुभएको थियो । तर सिंगटी इलाका कार्यालयमा शाखा अधिकृत भएर आउनुहुदाँ उहाँप्रति स्थानीय जनता तथा जनप्रतिनीधिहरुमा खुशीको लहर छाएको छ । प्रशासन क्षेत्रमा अनुभवि र दक्षताले पोख्त खड्काप्रति इमान्दारीता र सहनशीलताका साथै जिम्मेवारी वहन गर्नुहुनेमा सबैले विश्वास लिएको छ ।

त्यसैगरी, इलाका प्रशासन कार्यालय सिंगटीका शाखा प्रमुखको जिम्मेवारी लिई आजैदेखि कामकाजको सुरुवात गरिएको खड्काले बताउनु भयो । इलाका शाखा प्रमुख खड्काका अनुसार सेवाग्राहीलाई पुनः सेवा प्रवाह गराउदा खुशी लागेको बताउनु भयो । उहाँले सेवाप्रवाहमा सेवाग्राहीको मुलमर्मलाई बुझेर काम गरिने समेत धारणा व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार